PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

सप्तरीमा ४९ जनासहित प्रदेश २ मा थपिए ११५ जना कोराना संक्रमित



सुमित मिश्र

सप्तरीमा ४९ जनासहित प्रदेश २ मा थपिए ११५ जना कोराना संक्रमित

जनकपुरधाम : प्रदेश २ मा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा १३ महिला र १०२ पुरुष गरी कुल ११५ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। 

बिहीवार थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ४ पुगेको छ।

बिहीवार सप्तरीमामा सबैभन्दा बढी व्यक्तिमा कोराना संक्रमण पुष्टि भएको छ। सप्तरीमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, रौतहटमा ७ जना, पर्सामा १७ जना, बारामा ९जना, महोत्तरीमा २ जना, धनुषामा १४, सिरहामा १२ जना र सर्लाहीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

साथै बिहीवार यस प्रदेशमा ५२ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन्। प्रदेशका ४३ पुरुष र ९ महिला निको भएर घर फर्केका हुन्। योसँगै यस प्रदेशमा निको हुनेको संख्या ६ हजार ८ सय ५० पुगेको छ। निको हुनेहरुमा ७ सय ८१ महिला र ६ हजार ६९ जना पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell