जनकपुरधाम : जनकपुर-जयनगर चल्ने रेल भारतको जयनगर आइपुगेको छ। भारतमा तयार भएको रेल बिहीवार साँझ भारतको बिहारस्थित हाजीपुर स्टेसनबाट जयनगर स्टेशनमा आइपुगेको हो।
सो रेल भोलि परीक्षणका लागि जनकपुर आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्। नेपालको राष्ट्रिय झण्डाको रंगमा सो रेल तयार भएको छ।
लामो समयदेखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछी स्थानीय उत्साहित भएका छन्। झण्डै दुई वर्षदेखि रेल आउने भनेपनि आएको थिएन तर हाल जयनगरसम्म रेल आइसकेकोले अब भने रेल सञ्चालनमा आउने स्थानीय विश्वस्त भएका छन्।
रेल विभागले रेल सञ्चालनका लागि विभिन्न २९ वटा पदको लागि करारमा कर्मचारी समेत माग गरेको छन्।