PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

रेलको पर्खाईमा सामाजिक दुरीको छैन पालना



सुमित मिश्र

रेलको पर्खाईमा सामाजिक दुरीको छैन पालना

जनकपुरः आज मध्यान्हतिर नेपालले खरिद गरेको जयनगर-जनकपुर रेलको ट्रेन सेट जनकपुर आइपुग्ने भएको छ।

लामो समयपछि नेपालमा फेरि पनि रेल चल्ने भएपछि जनकपुरवासीमा थप उत्साह देखिएको छ। रेल आउने भएपछि बिहानै देखि मानिसहरु रेल स्टेसनमा भेला भएका छन्। बालबालिका, युवादेखि वृद्धासम्म स्टेसनमा भेला भएर रेलको प्रतिक्षा गरिरहेका देखिन्छन्।

कोरोना महामारीका समयमा सामाजिक दुरी भने कायम भएको देखिँदैन।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबार १ बजेसम्म नेपाल आइपुग्ने जानकारी दिए। उनका अनुसार परीक्षणबाट राम्रो रहे मात्रै स्वीकार गरिनेछ। भोलि (शनिबार) भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ। औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी जनकपुर गएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell