जनकपुर : नेपालले खरिद गरेको जयनगर-जनकपुर रेलको ट्रेन सेट जनकपुर आइपुगेको छ। दिउँसो २ बज्दै लाग्दा ट्रेन सेट जनकपुर आइपुगेको हो।
जनकपुर आइपुग्यो नेपाली ध्वजाबहाक रेलजनकपुर आइपुग्यो नेपाली ध्वजाबहाक रेल
Posted by PahiloPost on Friday, September 18, 2020
लामो समयपछि नेपालमा फेरि पनि रेल चल्ने भएपछि जनकपुरवासीमा थप उत्साह देखिएको छ। रेल आउने भएपछि बिहानै देखि मानिसहरु रेल स्टेसनमा भेला भएका थिए। बालबालिका, युवादेखि वृद्धासम्म स्टेसनमा भेला भएर रेलसँगै फोटो लिइरहेको देखिन्छन्।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार परीक्षणबाट राम्रो रहे मात्रै स्वीकार गरिनेछ। भोलि (शनिवार) भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ। औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी जनकपुर गएका छन्।