PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१५ फोटोमा जनकपुरमा रेल आइपुग्दा दृश्य : न त सामाजिक दुरी, न त कुनै सतर्कता

१५ फोटोमा जनकपुरमा रेल आइपुग्दा दृश्य : न त सामाजिक दुरी, न त कुनै सतर्कता

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुर : नेपालले खरिद गरेको जयनगर-जनकपुर रेलको ट्रेन सेट जनकपुर आइपुगेको छ। दिउँसो २ बज्दै लाग्दा ट्रेन सेट जनकपुर आइपुगेको हो।

लामो समयपछि नेपालमा फेरि पनि रेल चल्ने भएपछि जनकपुरवासी उत्साहित देखिन्थे। रेल आउने भएपछि बिहानै देखि मानिसहरु रेल स्टेसनमा भेला भएका थिए। बालबालिका, युवादेखि वृद्धासम्म स्टेसनमा भेला भएर रेलसँगै फोटो लिइरहेको देखिन्छन्।

कोरोना महामारी जारी रहेको बेला सामाजिक दुरीको धज्जी उडाइएको थियो। भिडमा कतिपयले मास्क पनि लगाएका थिएनन्। महामारी फैलिरहेको बेला यसको रोकथाममा सरकारी पक्षबाट पनि रेल स्टेसनमा कुनै सुरक्षाको उपाय अपनाइएको थिएन।



ट्रेन्डिङ पोस्ट

Ncell