PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लाेकतन्त्रको विषयमा भ्रम सिर्जना गर्ने परिपाटीले विस्मित हुने गरेकाे छु: प्रधानमन्त्री ओली



लाेकतन्त्रको विषयमा भ्रम सिर्जना गर्ने परिपाटीले विस्मित हुने गरेकाे छु: प्रधानमन्त्री ओली
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपालमा  कोभिड १९ संक्रमणदेखि रोकथाम र नियन्त्रणका लागि गरेका कामहरु उत्साहजनक भएको बताएका छन्।

छैटौं लोकतन्त्र दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले कोभिडका बारेमा अहिलेसम्म गरेका काम उराठलाग्दो नभएको दावी समेत गरे।

‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो। तर महामारी नियन्त्रणका लागि चालिएका कदमको संक्षिप्त समिक्षा गर्ने हो भने अहिलेसम्म गरिएका कामका तस्बिर उराठलाग्दो होइन्। उत्साहजन देखिन्छन्, उनले भने।

कोभिड १९ को पहिलो संक्रमण देखिएदेखि अहिलेसम्म आइपुग्दा उपचार र क्षमतामा उल्लेखनीय प्रगति भएको बताउँदै आकाश जमिनको फरक रहेको बताए।

ओलीले जनसंख्याको २ प्रतिशतमा पीसीआर परिक्षण गर्ने अनुमानित लक्ष्य पुरा भएको बताए। यस्तै, उनले कोरोनमा महामारी नभएको भए रानीपोखरी, धरहारको काम सम्पन्न भइसक्ने, मेलम्चीको पानी आइसकेको हुने दाबी समेत गरे।

प्रम ओलीले लोकतन्त्रका विषयमा गरिने आशंका र भ्रमबाट आफू विस्मित हुने गरेको पनि बताउँदै भने, ‘मैले नेतृत्व समालेदेखि कसैकसैले यो सरकार र सत्तारुढ दलको बारेमा लोकतन्त्रका विषयमा गरिने आशंका वा भ्रम सिर्जना गर्ने प्रयासबाट विष्मित हुने गरेको छु। लोकतन्त्रमा असमत स्वरहरुले स्थान पाउछन् र पाउनुपर्छ। तर हल्लाबाट प्रभावित हुने जता हावा लाग्छ उतै वरालिने परिपाटी लोकतन्त्र होइन्।'

 उनले भष्ट्राचारका नियन्त्रणका विषयमा प्रविबद्ध रहेको बताउँदै भष्ट्राचारका विषयमा मुखमा पानी हालेर नबोल्ने पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell