PahiloPost

May 15, 2025 | २ जेठ २०८२

दुई समुदायबीच हुन सक्ने सम्भावित झडप रोक्न सर्लाहीको मलंगवामा लगाइयो कर्फ्यु



सुमित मिश्र

दुई समुदायबीच हुन सक्ने सम्भावित झडप रोक्न सर्लाहीको मलंगवामा लगाइयो कर्फ्यु

जनकपुरधाम : सर्लाहीको मलंगवामा दुई समुदायबीच विवाद भएपछि कर्फ्यु लगाइएको छ।

शुक्रवार साँझ मलंगवा नगरपालिका वडा नम्बर ३ विश्वकर्मा चोकबाट विश्वकर्माको मुर्ति सेलाउन जाने क्रममा मुश्लिम समुदायहरुको बस्ती नजिकै बजाइएको डिजे बाजालाई लिएर विवाद भएको थियो। सोही विषयमा हुन सक्ने सम्भावित झडप नियन्त्रणको लागि मलंगवामा कर्फ्यु लगाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

दुई समुदायका मानिसहरु ठाउँठाउँमा भेला भई वादविवाद गर्न खोजेकोले शनिवार १३० बजेदेखि आइतवार बिहान ८ बजेसम्मको लागि मलगंवा बजारमा कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

केही दिन पहिला धनुषाको जनकपुरधाममा समेत हिन्दु युवाले दाहाको तस्विर सामाजिक संजालमा राखेको निहुँमा विवाद गरेपछि झडप भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell