PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

वर्ष २०७६ को मदन पुरस्कार 'महारानी'लाई, जगदम्बा-श्री शान्ति ठटाललाई



वर्ष २०७६ को मदन पुरस्कार 'महारानी'लाई, जगदम्बा-श्री शान्ति ठटाललाई

काठमाडौं : वर्ष २०७६ को मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई प्रदान गरिने भएको छ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले सोमवार सामाजिक सञ्जाल ट्वीटमार्फत यसबारे जानकारी दिएका हुन्। यसैगरी जगदम्बा-श्री सम्मान गायिका तथा संगीतकार शान्ति ठटाललाई प्रदान गरिने भएको छ।

अध्यक्ष दीक्षितले ट्वीटरमा लेखेका छन्, 'मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को जगदम्बा-श्री श्री शान्ति ठटालज्यूलाई तथा मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि श्री चन्द्रप्रकाश बानियाँज्यूलाई अर्पण गर्ने निर्णय गरेको छ।'

यसपटक विमाल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको

परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १ – ३),  चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा श्रेष्ठको सूचीमा परेको थियो। पुरस्कारका लागि १५१ पुस्तकको आवेदन परेको थियो।

चार लाख रुपैयाँ राशीको यो पुरस्कारका मदन पुरस्कार गुठीले साउन २१ गते श्रेष्ठ सात किताब सार्वजनिक गरेको थियो। 'टप टेन' सूची तयार गर्न गठन भएको समितिले गुठीलाई सात पुस्तक उपलब्ध गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell