PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

स्याङ्जा र तनहुँमा अपराध गरेर फरार ७३ जना एकैदिन पक्राउ



स्याङ्जा र तनहुँमा अपराध गरेर फरार ७३ जना एकैदिन पक्राउ

काठमाडौं : प्रहरीले स्याङ्जा र तनहुँमा विभिन्न अपराध गरेर फरार ७३ जना अभियुक्तलाई एकैदिन पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्याङ्जामा ४८ जना र तनहुँमा २५ जना फरार व्यक्तिलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत कार्यालयबाट खटिएको टोलीले कर्तव्य ज्यान, हाडनाता करणी, लागूऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट लुटपाट लगायतका विभिन्न मुद्दामा फरार रहेका ४८ जना प्रतिवादीलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको छ ।

साथै जिल्ला प्रहरी कार्यालयद्वारा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा विभिन्न मुद्दाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत कार्यालयबाट खटिएको टोलीले विभिन्न मुद्दामा फरार रहेका २५ जना प्रतिवादीलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको छ ।

जसमध्ये बहुविवाह मुद्दामा ११ महिना १९ दिन कैद तथा १० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही बिगत ४ वर्षदेखि फरार रहेका भानु नगरपालिका-१३ सम्जुर बस्ने ३० वर्षीय सुरेन्द्र कुमार श्रेष्ठ, लागूऔषध मुद्दामा ४ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका बन्दीपुर गाउँपालिका-१ नहाला बस्ने किना परियार, लागूऔषध मुद्दामा ११ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका बन्दीपुर गाउँपालिका-१ भन्सार बस्ने बर्लमिन भन्ने बहरुल अमिन मिया, त्यस्तै लागूऔषध मुद्दामा फरार अन्य २ जना रहेका छन्।

त्यसैगरी जुवा मुद्दामा फरार ५ जना, घरेलु हिंसा मुद्दामा फरार १ जना, दुनियाबादी फौजदारी मुद्दामा फरार ३ जना, नाता कायम मुद्दामा फरार १ जना, अंशबण्डा जग्गा अंश हक कायम मुद्दामा फरार १ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार २ जना, कुटपिट मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार १ जना, डाँका मुद्दामा फरार ४ जना गरी २५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

सबै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell