PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

करेन्ट लागेर घाइते भएका वडाध्यक्षको मृत्यु



करेन्ट लागेर घाइते भएका वडाध्यक्षको मृत्यु
प्रतीकात्मक फोटो

सोलुखुम्बु : जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ। मंगलवार बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए।

प्रहरीका अनुसार मंगलवार बिहान ८:३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो। स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell