PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आङरिता शेर्पाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने मन्त्रिपरिषदको निर्णय



आङरिता शेर्पाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने मन्त्रिपरिषदको निर्णय
फोटो : kathmandupost.com

काठमाडौं : सरकारले कीर्तीमानी आरोही आङरिता शेर्पाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्यण गरेको एक मन्त्रीले जानकारी दिए।

 विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको सोमवार निधन भएको थियो।

सोलुखुम्बुको थामेमा जन्मेका ७२ वर्षीय  ‘हिमचितुवा’को पार्थिव शरीर अहिले शेर्पा गुम्बामा राखिएको छ। उनको बुधवार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ।

उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए। सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो। 

सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell