PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु, मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुने



नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु, मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुने
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। असोज ४ गते पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक मंगलवार भने बालाटारमा बसेको हो।

सोमवारका लागि बैठक बोलाइएको भए पनि दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको छलफलपछि बैठक स्थगित भएको थियो। पेरिसडाँडाको बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायमा नियुक्तिलगायतकाका चार एजेन्डा तय गरेको थियो। आजको बैठकमा तिनै एजेण्डामाथि छलफल हुन थालेको हो।

नेकपाका पार्टी विवाद मिलाउन ओली प्रचण्ड सहमत भएपछि मन्त्रिमण्डल पुनर्गठनबारे चर्चा भइरहेको छ। तर पुनरगठनबारे मापदण्ड बनी नसकेको नेकपाका नेताहरुले बताएका छन्। मन्त्रिमण्डलमा क-कसलाई सहभागी गराउने भन्नेबारे भने ओली प्रचण्डबीच सहमति भइसकेको छैन। अहिले भएका सबै मन्त्रीलाई बिदा गरेर नयाँ मन्त्री चयन गर्ने या कार्यसम्पादनका आधारमा मन्त्रिमण्डल पुनरगठन गर्ने भन्ने विषयमा सहमति हुन नसकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell