PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

टिचिङ हिँडेका डा गोविन्द केसीलाई प्रहरीले जबरजस्ती पुर्‍यायो ट्रमा सेन्टर

टिचिङ हिँडेका डा गोविन्द केसीलाई प्रहरीले जबरजस्ती पुर्‍यायो ट्रमा सेन्टर


काठमाडौं: अनशनरत डा. गोविन्द केसीलाई सरकारले अपहरणको शैलीमा ट्रमा सेन्टरमा लिएको उनका सहयोगी आरोप लगाएका छन्। आफूहरु त्रिभुवन विमानस्थलमा पर्खिरहेको भए पनि उनलाई प्रहरीले सीधै ट्रमा सेन्टर लगेको केसीका सहयोगी प्रितम सुवेदीले बताए।

'हामी पर्खिरहेका थियौ। प्रहरीले अपहरणको शैलीमा उहाँलाई ट्रमा लगिएको छ,' उनले भने। केसीले भने आफू त्रिवि शिक्षण अस्पतालमा अनशन बस्न चाहेको सुवेदीको भनाई छ। अब कहाँ अनशन बस्ने भन्नेबारे भने केही निधो नभएको उनको भनाई छ।

प्रहरीले उनलाई एरपोर्टबाटै बल प्रयोग गरेर ट्रमा सेन्टर लगेको छ। ट्रमा सेन्टर पुर्‍याइएपछि केसीलाई प्रहरीले एम्बुलेन्सभित्रै गएर तानेको थियो। प्रहरीले तान्दै गर्दा केसीले आफूलाई जबरजस्ती नगर्न आग्रह गरेका थिए। 'म जान्न भनेको। यो प्रहरीको गुण्डागर्दी हो। तिमीले भन्नु पर्दैन। म टिचिङ हस्पिटलको होइन? मलाई थाहा छैन्, ओलीको गुण्डागर्दी मुर्दावाद,' उनले भने।

प्रहरीले उनलाई कोरोना संक्रमणका कारण लान खोजेको बताएको थियो। तर केसीले आफू चिकित्सक भएकाले संक्रमणबारे जानकार भएको बताएका थिए।

जुम्लामा ८ दिनसम्म अनशन बसेका केसी नेपालगञ्ज हुँदै आजमात्रै काठमाडौं आएका हुन्। नियमित उडानमार्फत केसी काठमाडौं आएका हुन्। जुम्लामा अनसन बस्दा सरकाले आफ्ना मागको बेवास्ता गरेको तथा गत वर्ष बल प्रयोग गर्दा हिंसा भएकाले काठमाडौं आउनुपरेको केसीले बताएका छन्। १९ औं पटकको अनशनका क्रममा केसीले पुराना सहमतिको पालना, कर्णालीमा एमबीबीएसको अध्यन लगाएतका ६ बुदे माग राखेर अनशन सुरु गरेका हुन्। यसअघिका अनशन केसीले सरकारले माग पुरा गर्ने आश्वसन दिएपछि तोडदै आएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell