PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चुनाव चिन्हमा गाई छाडेर हलो समाते कमल थापाले, 'पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो'



चुनाव चिन्हमा गाई छाडेर हलो समाते कमल थापाले, 'पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो'

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०७८ वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कमिटीको बैठकले वैशाख २५-२८ सम्म महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिएका छन्। राप्रपाको विधानलाई अन्तरिम विधान मानी पार्टी दर्ता गर्ने तथा चुनाव चिन्ह ‘हलो’ हुने निर्णय गरेको थापाले ट्वीटमार्फत जानकारी दिएका हुन्।

'रातो, पॅहेलो र निलो रंगकोबीचमा ‘गाई’ रहेको झण्डा हुने -एकता महाधिवेशन २०७८ वैशाख २५-२८ गते गर्ने निर्णय गरेको छ,' थापाले उल्लेख गरेका छन्।

उनले केन्द्रीय कमिटीको निर्णय कोशेढुंगा सावित हुने दावी गरेका छन्।

यस्तै थापाले पार्टी एकता जोगाउन हलोलाई चुनाव चिन्ह मान्न आफू सहमत भएको प्रष्टिकरण दिएका छन्। हिन्दु राष्ट्रको एजेण्डा बोकेको पार्टीलाई गाई चुनावचिन्ह उपयुक्त भएपनि बाध्यताले गर्दा हलोलाई चुनावचिन्ह मान्नु परेको उनको भनाई छ।

'हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति 'गाई' उपयुक्त चुनाव चिन्ह हो। तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो। परिस्थितिजन्य यो बाध्यतालाई सहज रुपमा लिइ दिन पार्टीका साथी/शुभचिन्तकहरुमा अपिल गर्दछु,' उनले भने। राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकता भएपछि चुनावचन्ह, एकता महाधिवेशन लगाएतका विषयमा विवाद रहदै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell