PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेकपामा एकताको काम १० दिनभित्र सकाउन ठोस प्रस्ताव ल्याइने, संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारलाई निर्देशन



नेकपामा एकताको काम १० दिनभित्र सकाउन ठोस प्रस्ताव ल्याइने, संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारलाई निर्देशन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको ६८ औं सचिवालय बैठकले पार्टी एकताको बाँकी काम १० दिनभित्र सक्ने गरी ठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी दिएको छ। प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले पार्टी एकताका बाँकी काम सक्ने गरी १० दिनभित्र ठोस प्रस्ताव ल्याउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय सचिवालय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

लामो समयदेखि रिक्त संवैधानिक निकायमा पदपूर्ति गर्न प्रकिया थाल्न, संवैधानिक परिषद्को बैठक छिटो राख्न प्रधानमन्त्रीलाई आग्रह गर्नेलगायतका निर्णय पनि बैठकले गरेको छ।

बाँकी रहेका विविध एजेन्डामा २/३ दिन भित्र बैठक बसेर छलफल र निर्णय गर्ने सहमति पनि भएको श्रेष्ठले बताए।

असोज ४ गते पेरिसडाँडामा सुरु भएको बैठक मंगलवार भने बालुवाटारमा बसेको हो। मन्त्रिपरिषद पुनरगठनका बिषयमा टुंगो लगाइने भनिए पनि ओली प्रचण्डबीच मन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति भइनसकेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell