PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

लामो समयपछि दर्शनार्थीका लागि खोलियो जानकी मन्दिर, स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ



सुमित मिश्र

लामो समयपछि दर्शनार्थीका लागि खोलियो जानकी मन्दिर, स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ

जनकपुरधाम : लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ। लकडाउन शुरु भएसँगै बन्द गरिएको मन्दिर खुल्ला गरिएपछि सो क्षेत्रमा चहलपहल बढेको छ।

मन्दिर खुल्ला गरिएपनि कोरोना महामारीको त्रासले सीमानाका बन्द र सार्वजनिक यातायात आवातजावतमा कमी भएको कारण बाहिरका श्रद्धालु एवं दर्शनार्थीको संख्यामा कमी देखिएको छ। मन्दिर खोलिएपछि दर्शनार्थीले समाजिक दूरी पालना, मास्क लगायतमा हेलचेक्र्याइँ गरेको देखिएको छ।

मन्दिर खुलेसँगै यहाँ पूजा सामग्री बेच्ने पसलहरु पनि सञ्चालनमा आएको छ। मन्दिर आसपास भएका मिठाइ, फुल तथा अन्य सामग्रीका पसल सञ्चालनमा आएको छ। यसअघि मन्दिर बन्द गरिए पनि भित्र पूजापाठ नियमित भइरहेको थियो।

लकडाउनका कारण मन्दिर बन्द गरिँदा यस पटकको राम नवमी, सीता नवमीसहितका पर्वहरु खल्लो देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell