PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सिरहामा ४० जनासहित प्रदेश २ मा थपिए ४९ कोरोना संक्रमित



सुमित मिश्र

सिरहामा ४० जनासहित प्रदेश २ मा थपिए ४९ कोरोना संक्रमित

जनकपुरधाम : प्रदेश २ मा मंगलवार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ४ महिला र ४५ पुरुष गरी कुल ४९ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७१ पुगेको छ। हालसम्म प्रदेशका २ हजार ५३ महिला र ११ हजार १८ पुरुषमा कोराना संक्रमण देखिएको छ।

मंगलवार प्रदेशको सिरहा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, धनुषामा ६ जना, सप्तरीमा, पर्सा र रौतहटमा १/१ जनामा संक्रममण पुष्टि भएको छ।

साथै मंगलवार यस प्रदेशमा २६ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन्। जसमध्ये २३ पुरुष र ३ जना महिला रहेका छन्। योसँगै यस प्रदेशमा निको हुनेको संख्या ७ हजार १ सय १९ पुगेको छ। निको हुनेहरुमा ८ सय १३ महिला र ६ हजार ३ सय ६ जना पुरुष रहेका छन्।

यस्तै, प्रदेशमा मंगलवार कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएन। कोरोना संक्रमणबाट प्रदेशमा हालसम्म १ सय २२ जनाको मृत्यु भएको छ। जसमा १०२ जना पुरुष र २० जना महिला रहेको निर्देशक झाले जानकारी दिए।

कोभिड १९ बाट हालसम्म सबैभन्दा बढी पर्सा जिल्लामा ४२ जनाको मृत्यु भएको छ। यस्तै, बारामा १८ जना, धनुषामा १५ जना, महोत्तरीमा १३ जना, सिरहामा ११ जना सप्तरीमा ११ जना, रौतहटमा ६ जना, सर्लाहीमा ५ जना र १ भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell