PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सात कविका 'यतै कतै'



सात कविका 'यतै कतै'

काठमाडौं : समकालीन सात कविका संयुक्त कविता संग्रह 'यतै कतै' सार्वजनिक भएको छ। संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७० वटा कविता अटाइएको छ।

आआफ्नो क्षेत्रमा स्थापित सातै कविहरु नेपाली कविताको शक्ति, सौन्दर्य र गाम्भीर्यप्रति सचेत देखिन्छन्। कवितामा देशको पछिल्लो तस्विरमात्र नभई यो पुस्ताले भोगेको त्रासदीपूर्ण जीवन र संभावनाको अनन्त उज्यालो पढ्न सकिने प्रकाशकले जनाएको छ। द्वन्द्वको घाउ र राजनीतिक पटाक्षेपसँगै मानिसको बाँच्ने चाहना र त्यसका लागि गरिने संघर्ष कवितामा अनुभूत हुन्छ।

विषम परिस्थिति र विसंगत समयमाथि लेखिएका अब्बल कविताहरुले नेपाली कविताका पारखीहरुलाई सन्तुष्ट पार्ने विश्वास प्रकाशकको रहेको छ। समवयी सृजन कौशलसहित चालीसदेखि पचासको दशकसम्ममा स्थापित सर्जकहरुको काव्यिक सोचको एक मुष्ट साक्षीको रुपमा 'यतै कतै' कृतिको प्रकाशन गरेको बिएन पुस्तक संसार प्रालिका प्रमुख सूर्य विसीले बताए। किताबको मूल्य तीन सय रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell