PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'ब्याक अफ चाइना' भन्दै चिनियाँ दूतावास अगाडि हुम्लामा सीमा मिचिएको विरोधमा प्रदर्शन



'ब्याक अफ चाइना' भन्दै चिनियाँ दूतावास अगाडि हुम्लामा सीमा मिचिएको विरोधमा प्रदर्शन

काठमाडौं : चीनले नेपालको हुम्लामा सीमा मिचेको भन्दै सचेत नागरिक समूहले बालुवाटार नजिकै रहेको नेपालस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ।

उनीहरुले 'ब्याक अफ चाइना' नारासहित मिचिएको नेपाली भूमि फिर्ता गर्न माग गरे। समूहले मिचिएको भूमि फिर्ताको माग गर्दै विज्ञप्ति बुझाउने प्रयास गरेको थियो।

तर, प्रहरी अत्याधिक रुपमा रहेकोले दूतावासमा विज्ञप्ति बुझाउन पुगेका टोलीलाई बाटैमा रोकेको समूहका एक सदस्य सिजर भट्टले बताए। 'प्रहरी अत्याधिक खटाएका रहेछन्, विज्ञप्ति बुझाउन सकिएन,' भट्टले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell