PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

सप्तरीका मेयरमा देखियो कोरोना, भेन्टिलेटर नपाएपछि काठमाडौं रेफर



सुमित मिश्र

सप्तरीका मेयरमा देखियो कोरोना, भेन्टिलेटर नपाएपछि काठमाडौं रेफर

जनकपुरधाम : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साह र उनको सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा मंगलवार गरिएको परीक्षणमा उनीहरु दुबै जनामा कोरोना संक्रमण पुष्टि भएको कोभिड अस्पताल जनकपुरका फोकल पर्सन डा.रामदेव चौधरीले जनाए। एवं प्रदेश २ का सामाजिक विकास मन्त्रीका छोरासमेत रहेका मेयर साह र राजविराज नगरपालिका बस्ने उनका ३२ वर्षीय सवारी चालकमा कोरोना पोजिटिभ देखिएको चौधरीले बताए।

कोरोना संक्रमित मेयर साहलाई कोरोनाका कारण निमोनियाको लक्षण देखिएको र श्वास प्रस्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राख्नुपर्ने आवश्यकता परेकोले थप उपचारका लागि उनलाई काठमाण्डौस्थित ह्याम्स अस्पताल रेफर गरिएको डा.चौधरीले जानकारी दिए।

सप्तरीमा अहिलेसम्म १ हजार १ सय ७५ जना कोरोना संक्रमित भईसकेका छन् भने संक्रमणका कारण ११ जनाको मृत्युसमेत भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell