PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

सप्तरीमा १५ जनासहित प्रदेश २ मा थपिए ३७ कोरोना संक्रमित, थप एक जनाको मृत्यु



सुमित मिश्र

सप्तरीमा १५ जनासहित प्रदेश २ मा थपिए ३७ कोरोना संक्रमित, थप एक जनाको मृत्यु

जनकपुरधाम : प्रदेश २ मा बुधवार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ९ महिला र २८ पुरुष गरी कुल ३७ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ८ पुगेको छ। हालसम्म प्रदेशका २ हजार ६२ महिला र ११ हजार ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

बुधवार प्रदेशको सप्तरी र सर्लाही जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। सप्तरी र सर्लाहीमा १५/१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सिरहामा ६ जना र धनुषामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

साथै बुधवार यस प्रदेशका ६३ जना संक्रमणमुक्त भएर घर फर्केका छन्। बुधवार प्रदेशको ५६ पुरुष र ७ जना महिला निको भएर घर फर्केका हुन्। योसँगै यस प्रदेशमा निको हुनेको संख्या ७ हजार १ सय ८२ पुगेको छ। जसमा ८ सय २० महिला र ६ हजार ३ सय ६२ जना पुरुष रहेका छन्।

थप एक जनाको मृत्यु, मतकको संख्या १ सय २३ पुग्यो

प्रदेश २ मा कोरोना संक्रमणबाट बुधवार थप एक जनाको मृत्यु भएको छ। सिरहाको औरही गाउँपालिका वडा नम्बर ३ का एक ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको  निमित्त निर्देशक झाले जानकारी दिए। योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २३ पुगेको छ।

हाल सम्म प्रदेशका १०४ जना पुरुष र १९ जना महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको निर्देशक झाले जानकारी दिए। कोभिड १९ बाट हाल सम्म सबैभन्दा बढी प्रदेशको पर्सा जिल्लामा ४२ जनाको मृत्यु भएको छ।

यस्तै, बारामा १८ जना, धनुषामा १५ जना, महोत्तरीमा १३ जना, सिरहामा १२ जना सप्तरीमा ११ जना, रौतहटमा ६ जना, सर्लाहीमा ५ जना र १ भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell