PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सिडिओका भान्सेको कोरोना संक्रमणबाट गयो ज्यान



सुमित मिश्र

सिडिओका भान्सेको कोरोना संक्रमणबाट गयो ज्यान

जनकपुरधाम : सप्तरीमा कोराना संक्रमणबाट एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ। सप्तरीको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी(सिडिओ)को भान्से रहेका कार्यालय सहयोगी ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

यादवले भने, 'कार्यालय सहयोगीमा भदौ ३१ गते कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए। शुरुमा उनलाई ज्वरो आएपनि पछिल्लो चार दिनदेखि उनको अवस्था सामान्य नै रहेका थियो। तर आज विहानै उनको मृत्यु भएको हो।'

मृत्यु भएका पुरुष सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा भान्से थिए। ती पुरुषसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell