PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

यातायात मन्त्रीलाई विद्यार्थी संगठनहरुको सात दिने अल्टिमेटम : भाडा वृद्धि खारेज नगरे आन्दोलन



यातायात मन्त्रीलाई विद्यार्थी संगठनहरुको सात दिने अल्टिमेटम : भाडा वृद्धि खारेज नगरे आन्दोलन

काठमाडौं : विभिन्न १३ विद्यार्थी संगठनले पछिल्लोपटकको भाडावृद्धि फिर्ता गर्न माग गरेको छ।

बुधवार साँझ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई उक्त मागपत्र बुझाएको नेविसंघका महामन्त्री वलदेव तिमल्सिनाले जानकारी दिए।

विद्यार्थी सहुलियत कडाइका साथ लागू गर्नसमेत विद्यार्थी संगठनहरुको माग रहेको छ।

त्यसैगरी जथाभावी चर्को भाडा असुल्ने सार्वजनिक यातायातलाई कारवाही गर्नुपर्ने, हवाइजहाजमा पूर्ण क्षमतामा यात्रुहरु राख्न दिने तर सार्वजनिक बसहरुमा क्षमताभन्दा आधा मात्र यात्रु राख्ने भने विभेदपूर्ण निर्णयको औचित्य साबित गरिनुपर्ने लगायतका मागसहित ७ दिने अल्टिमेटमसहितको मागपत्र मन्त्रीलाई बुझाएको तिमल्सिनाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell