PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

काँग्रेस महामन्त्री शशांक कोरोनामुक्त, उनका स्वाकीय सचिवलाई भने देखियो संक्रमण



काँग्रेस महामन्त्री शशांक कोरोनामुक्त, उनका स्वाकीय सचिवलाई भने देखियो संक्रमण
ओम अस्पतालबाट डिस्चार्ज हुँदै काँग्रेस महामन्त्री कोइराला(बायाँ) र उनका स्वकीय सचिव तिवारी। फाइल फोटो

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला कोरोना संक्रमणमुक्त भएका छन्। भदौ २३ गते कोरोना पुष्टि भएका कोइरालाको बुधवार राति कोरोना रिपोर्ट नेगेटिभ आएको हो।

महाममन्त्री कोइराला होम आइसोलेनसमा उपचार गराउँदै आए पनि गम्भीर भएपछि भदौ २३ गते ओम अस्पताल भर्ना गरिएको थियो। कोइराला असोज ३ गते अस्पतालबाट डिस्चार्ज भएका थिए।

कोइराला कोरोनामुक्त हुँदा उनका स्वकीय सचिव भरत तिवारीलाई भने संक्रमण पुष्टि भएको छ। दुबै जनाको एकै साथ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलामा स्वाब परीक्षण गराउँदा महामन्त्री कोइरालाको नेगेटिभ र आफ्नो पोजेटिभ देखिएको तिवारीले बताए।

संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताए। 'म अहिले होम आइलोसेनमै बसिरहेको छु। लक्षण खासै देखिएको छैन,' तिवारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell