PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

कोभिड-१९ अपडेट : थप १२०७ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु



कोभिड-१९ अपडेट : थप १२०७ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप १२०७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

यो अवधिमा १० हजार १९ जनामा पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

योसँगै देशभर कोभिड-१९ संक्रमितको संख्या ७१ हजार ८२१ जना पुगेको छ। त्यसमध्येमा ५३ हजार १३ जना निको भएर घर फर्किसकेका छन्।

आजैमात्र ११४७ जनाको आज डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

हाल देशभरका विभिन्न अस्पताल र होम आइसोलेसनमा १८ हजार ३४१ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा देशभर कोभिड-१९ संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ। योसँगै कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ जना पुगेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell