PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

रौतहटमा तिवारी दम्पतीमाथि खुकुरी प्रहार : श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते



सुमित मिश्र

रौतहटमा तिवारी दम्पतीमाथि खुकुरी प्रहार : श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

जनकपुरधाम : रौतहटमा गएराति एक जना महिलाको बीभत्स हत्या भएको छ। देवाही गोनाही नगरपालिका-५ टिकुलीयाका महेश तिवारीकी श्रीमती जगरानी देवी तिवारीको बीभत्स तरिकाले हत्या भएको हो।

चार जनाको समूहमा आएका मानिसले राति करिब ९ बजेको समयमा धारिलो हतियार खुकुरी प्रहार गरी जगरानी देवीको हत्या गरेको प्रहरीले जनाएको छ। स्थानीय बली मुखिया विनसहित ४ जनाको समूहले जगरानी देवीमाथी अन्धाधुन्ध खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

उक्त समूहले जगरानी देवीको श्रीमान महेश तिवारीलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ। स्थानीय बली मुखिया, सोनालाल मुखिया र प्रदिप मुखिया विनले मिलेर ज्यान मार्ने उद्देश्यले महेश तिवारी र उनकी श्रीमतीमाथी सुनियोजित तरिकाले आक्रमण गरेको प्रहरीको अनुमान छ।

तिवारी दम्पतीमाथी संघातिक आक्रमण गर्नेमध्येका स्थानीय बली मुखिया सहित तीन जनालाई पक्राउ गरिएको रौतहटका एसपी सिद्धीविक्रम शाहले जानकारी दिए। हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेहरुमा स्थानीय बली मुखिया, ओकिन्द्र मुखिया र अच्छेलाल मुखिया रहेको एसपी साहले जानकारी दिए।

घाइते भएका तिवारीको वीरगंजस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell