PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मन्त्रिपरिषद् बैठकअघि ओली-प्रचण्ड छलफलमा, मन्त्रिपरिषद् पुनर्गठनबारे होला सहमति?



मन्त्रिपरिषद् बैठकअघि ओली-प्रचण्ड छलफलमा, मन्त्रिपरिषद् पुनर्गठनबारे होला सहमति?
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा केही दिनयता छलफल गरिरहेका छन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा गत आइतवारको सचिवालय बैठक र ओली प्रचण्डबीचको भेटले ठोस निष्कर्ष भने निस्किन सकेको छैन। मन्त्रिपरिषद् पुनगर्गठनका लागि सबै मन्त्री हटाउने वा दुई वर्ष पुगेका हठटाउने र नयाँ राख्ने, राम्रा काम गरेका पुरानालाई दोहोर्याउने वा अवसर नपाएका सांसदहरुलाई मन्त्री बनाउने लगायतका विकल्प प्रस्तुत गरिएको छ।

त्यस्तै प्रधानमन्त्री ओलीले अहिले १२ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका छन्। सोमवार र बिहीवार नियमित मन्त्रिपरिषद् बस्ने भए पनि ओलीले आइतवारका लागि बैठक डाकेका हुन्। शुक्रवारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको लागि यो बैठक अन्तिम हुन सक्ने बताएका थिए।

तर, अध्यक्ष प्रचण्डसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा कुरा नमिलिसकेकाले केही ढिलाई भएको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell