PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ओली प्रचण्ड बालुवाटारमा छलफलमा, आकस्मिक बोलाइयो मन्त्रिपरिषद् बैठक



ओली प्रचण्ड बालुवाटारमा छलफलमा, आकस्मिक बोलाइयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ : मन्त्रिपरिषद् पुनर्गठन तथा संवैधानिक निकायका पदाधिकारीको भागबण्डाबारे प्याकेजमा सहमतिको प्रयास गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल भइरहेको छ। बालुवाटार स्रोतका अनुसार करिब ९ बजेदेखि बालुवाटारमा छलफल जारी छ।

पछिल्लो समय पार्टी विवाद समाधानका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता जारी छ। मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक निकायका पदाधिकारी नियुक्तिबारे दुई नेताबीच विमर्श भइरहेको छ। संवैधानिक निकायको पदपूर्तिबारे प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग पनि पटक–पटक छलफल भइरहेको छ।

ओली र प्रचण्डको छलफल भने मन्त्रिपरिष पुनर्गठनमा नै केन्द्रित छ। दुई नेताबीचमा दुई वर्ष पुगेका मन्त्रीको केही कार्यप्रगति हेरेर निरन्तरता दिने र अन्य नयाँ मन्त्री ल्याउने विषयमा करिब सहमति जुटिसकेको छ। हालका कतिपय मन्त्रीको विभागीय जिम्मेवारी पनि हेरफेर हुने सहमति छ। तर, केही मन्त्रालय कसले लिने भन्नेमा ओली र प्रचण्डबीचमा समझदारी नबनेको निकट स्रोतहरुको दाबी छ।

यसअघि शुक्रबारको बैठकमा नै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको बैठक यो नै अन्तिम हुनसक्ने भन्ने स्पष्ट रुपमा बताइसकेका थिए।

केही मन्त्रीहरुलाई भेटमा ओलीले निरन्तर हुने आश्वासनसमेत दिएका थिए।

दुई अध्यक्षको छलफल लगत्तै बालुवाटारमा नै मन्त्रिपरिषद् बैठक बोलाइएको छ। १२ बजे बैठक आह्वान गरिएको छ।

तर, बैठकको कार्यसूचीबारे जानकारी गराइएको छैन। ‘बैठकको जानकारी छ तर, कार्यसूची के हो जानकारी छैन। नियमित हैन। केही नयाँ एजेण्डा पो छ कि’, एक मन्त्रीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell