PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओली-प्रचण्डबीच दुई घण्टा लामो छलफल, छलफल जारी राख्ने सहमति



ओली-प्रचण्डबीच दुई घण्टा लामो छलफल, छलफल जारी राख्ने सहमति
फाइल फोटो

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ।

प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबीच आइतवार दुई घण्टा लामो भेटवार्ता भएको थियो। मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल भए पनि अझै निष्कर्षमा भने नपुगेको प्रचण्डको सचिवालयले जनाएको छ।

'उहाँहरुबीच छलफल सकियो, छलफललाई निरन्तरता दिने कुरा भएको छ,' प्रचण्डको सचिवालयका एक सदस्यले भने। केही दिनयता दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्तिका विषयमा छलफल चलिरहेको छ। ओली-प्रचण्डबीच छलफललाई जारी राख्ने सहमति पनि भएको छ।

त्यस्तै प्रधानमन्त्री ओलीले १२ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्। मन्त्रिपरिषद्को एजेण्डाबारे जानकारी दिइएको छैन। मन्त्रिपरिषद्को नियमित  बैठक सोमवार र बिहीवार बस्ने गरे पनि आइतवारका बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell