PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

७० वर्षपछि कोरियाली युद्धमा मारिएका ११७ चिनियाँ सैनिकको अस्तु फर्काइयो

७० वर्षपछि कोरियाली युद्धमा मारिएका ११७ चिनियाँ सैनिकको अस्तु फर्काइयो


७० वर्ष अगाडि कोरियाली युद्धका क्रममा मृत्यु भएका चिनियाँ सैनिकको अस्तु स्वदेश फर्काइएको छ। १९५०-५३ को कोरियाली युद्धका क्रममा मृत्यु भएका चिनियाँ सैनिकको अस्तु बोकेर आएको चिनियाँ जनमुक्ति सेनाको विमान उत्तर पूर्वी चीनको लियाओनिन प्रान्तको थाओसियान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

कोभिड-१९ का कारण यस वर्ष ल्याउने भनिएको अस्तु ढिलो गरी चीन ल्याइएको हो। दक्षिण कोरियाले चिनियाँ सैनिकको अस्तु एक कार्यक्रमका बीच सोल बाहिर इन्चोन विमानस्थलमा चिनियाँ सैनिक अधिकारीलाई हस्तान्तरण गरेको थियो।

चिनियाँ सेनाको विमानले त्यहाँबाट उत्तर पूर्वी उत्तर कोरियाको सीमावर्ती शहर सनयाङ आइपुगेको हो। कोरिया युद्धका क्रममा चिनियाँ सैनिकहरुले उत्तर कोरियाको पक्षमा अमेरिकी समर्थित दक्षिण कोरिया विरुद्ध लडेको थियो।

११७ चिनियाँ सैनिकको अवशेषमध्ये अधिकांश त्यहाँको डिमिलिट्राइज जोन (डीएमजेड)मा फेला परेका हुन्। डिएमजेडले उत्तर र दक्षिण कोरियालाई विभाजन गर्छ। यो सातौ फिर्ती हो। सन् २०१४ मा पहिलो पटक ४३७ सैनिकको अवसेस ल्याइएको थियो। हालसम्म ७१६ सैनिकको अस्तु चीन ल्याइसकिएको छ।

गत वर्ष नै ल्याउने बताइएको भए पनि कोभिड-१९ संक्रमणको कारण पछाडि धकेलिएको थियो।

सैनिकको अवषेश बोकेर आएको चिनियाँ सैनिकको वाई-२० ट्रान्सपोर्ट एयरक्राफ्टलाई विमानस्थलमा फायर फाइटर कारले जलवृष्टि गरी स्वागत गरेको थियो। यस वर्ष चाइनिज पिपुल्स भोलुन्टियरस् (सीपीभी) आर्मीको कोरियाली युद्धमा सहभागिताको ७० ‍औं वर्षगाँठ मनाइँदै छ।

सन् १९५० अक्टोवर १९ मा उत्तर कोरियाको आग्रहमा सीपीभी आर्मी यालु नदी पार गर्दै उत्तर कोरिया प्रवेस गरेका थिए। यस युद्धमा एक लाख ९० हजार चिनियाँको मृत्यु भएको बताइन्छ।

यस वर्ष चीनले सिरियल नं १ उल्लेख रहेको वाई-२० विमान पठाएको थियो। जसले शहीदप्रतिको उच्च सम्मानलाई झल्काउँछ।



ट्रेन्डिङ पोस्ट

Ncell