PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

लकडाउनबीच इजरायली प्रधानमन्त्रीको निवासबाहिर प्रदर्शन



लकडाउनबीच इजरायली प्रधानमन्त्रीको निवासबाहिर प्रदर्शन
AP Photo/Maya Alleruzzo

इजरायलका प्रधानमन्त्री बेनजामिन नेतान्याहुको निवास बाहिर उनको राजीनामा माग्दै प्रदर्शन भएको छ। कोरोना संक्रमणबीच लागू गरिएको कडा लकडाउनबीच प्रधानमन्त्री निवास बाहिर नै प्रदर्शन गरिएको हो।

त्यसक्रममा प्रहरीले केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको एपीले उल्लेख गरेको छ।

संक्रमण बढेसँगै इजरालयमा शुक्रवारबाट फेरि लकडाउन गरिएको थियो। नागरिकहरुलाई घरभित्रै बस्न सरकारले आग्रह गरेको थियो। तर इजरायलको संसदले नागरिकको विरोध गर्न पाउने अधिकारलाई रोक्न भने स्वीकृति दिन सकेन।

नेतान्याहुले प्रदर्शनका कारण जनताको सुरक्षामा खतरा उत्पन्न हुने तर्क गरेपनि विपक्षीहरुले महामारीको समयमा उनले आफूविरुद्ध भइरहेको प्रदर्शन रोक्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

प्रदर्शनकारीहरुले नेतान्याहुविरुद्ध करिब ३ महिनादेखि प्रदर्शन गर्दै आएका छन्। कोरोना संक्रमण रोक्न केही प्रयास नगरेको र भ्रष्टाचारलाई प्रोत्साहित गरेको भन्दै प्रदर्शनकारीहरुले नेतान्याहुको राजीनामा माग्दै आएका छन्।  

हाल प्रदर्शनमा उत्रनेमा धेरैजसो युवाहरु रहेको बताइन्छ। कोरोनाका कारण भएको आर्थिक मन्दीबाट आफ्नो काम गुमाएका युवाहरु हाल प्रदर्शनमा संलग्न छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell