PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

लागूऔषध मुद्दाको सोधपुछमा रोइन् दीपिका, एनसीबीका अधिकारीले दिए चेतावनी



लागूऔषध मुद्दाको सोधपुछमा रोइन् दीपिका, एनसीबीका अधिकारीले दिए चेतावनी

बलिउडको लागुऔषध मुद्दामा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिवार दीपिका पादुकोणसँग ६ घण्टासम्म सोधपुछ गरेको छ। सवाल जवाफका क्रममा दीपिका तीन पटक रोएको भारतीय मिडियाले जनाएका छन्।

सोधपुछका क्रममा भावुक हुँदै दीपिका रोएपछि एनसीबीका अधिकारीहरुले उनलाई इमोशनल कार्ड नखेल्न चेतावनी दिएका थिए।

इण्डिया टुडेको रिपोर्टअनुसार दीपिकाको आँखामा आँसु देखेर एनसीबीका अधिकारीहरुले हात जोडेर इमोशनल कार्ड खेल्नुभन्दा सबै कुरा सत्य तथ्य बताउँदा ठीक हुने बताएका थिए।

एनसीबीको सोधपुछमा दीपिकाले ड्रग्स च्याट गर्ने कुरा स्वीकार गरेकी छन्। तर लागुऔषध सेवनको कुरा भने अस्वीकार गरेकी छन्। दीपिकाले आफ्नो पुरै ग्रुपले डूप लिने भन्दै उक्त चिज चुरोट भएको बताए। यसमा कुनै नशालु पदार्थ नहुने उनको भनाई छ।

दीपिकाले च्याटमा प्रयोग भएको वीड र हशीश शब्दका बारेमा स्पष्ट जवाफ नदिएको अधिकारीहरुले बताएका छन्। डूप लिने, त्यसमा ड्रग्स हुन्छ भन्ने प्रश्नमा दीपिका मौन थिइन्। दीपिकाको जवाफबाट एनसीबीका अधिकारी असन्तुष्ट छन्।

दीपिकासँग ३/४ चरणमा सोधपुछ हुने बताइएको छ।

दीपिकाको नाम उनकी म्यानेजर करिश्माको तीन वर्ष पुरानो ह्वाटऐप ग्रुप च्याटमा देखिएपछि उनी एनसीबीको छानविनमा तानिएकी हुन्। २८ अक्टोबर २०१७ मा दीपिकाले आफ्नी म्यानेजर करिश्मा प्रकाश र सुशान्तकी ट्‍यालेन्ट म्यानेजर जया साहासँग लागुऔषधबारे कुराकानी गरेको ह्वाटस् ऐप च्याटमा देखिएको छ।

एमसीबीले शनिवारै दीपिकाका साथै सारा अली खान र श्रद्धा कपूरसँग पनि सोधपुछ गरेको छ। अघिल्लो दिन रकुल प्रीत सिंहले वयान दिएकी थिइन्। एनसीबीका उप निर्देशक एमए जैनले सोधपुछ गरिएका सबै कलाकारको वयान अदालतमा पेस गरिने बताए। सुशान्तसिंह राजपुतको मृत्युसँग जोडिएको लागुऔषध मुद्दामा १९ जना एनसीबीको नियन्त्रणमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell