PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रश्रितसँगै पुरस्कार किन नलिने? यसो भन्छन् लेखक सञ्जीव उप्रेती



प्रश्रितसँगै पुरस्कार किन नलिने? यसो भन्छन् लेखक सञ्जीव उप्रेती
फाइल फोटो

काठमाडौं : लेखक तथा प्राध्यापक डा. सञ्जीव उप्रेतीले खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पुरस्कारप्रति आपत्ति जनाएका छन्। मोदनाथ प्रश्रितसँगै आफूलाई एकै मञ्चमा पुरस्कार प्रदान गर्न लागेकोमा उप्रेतीले आपत्ति जनाएका हुन्।

प्रतिष्ठानले २०७६ को पद्मश्री साहित्यकार पुरस्कार उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार प्रश्रितलाई दिने निर्णय गरेको थियो। उप्रेतीको 'हंस' उपन्यासलाई पुरस्कार दिने निर्णय भएको थियो।

योसँगै प्रश्रितलाई सम्मान गर्ने प्रतिष्ठानको निर्णय विवादमा परेको छ। 

लेखक उप्रेतीको आपत्ति केमा?

लैंगिक समानताका पक्षमा कलम चलाउने आफूले प्रश्रितसँगै पुरस्कार लिन नसक्ने प्रष्ट पारे। साहित्यकार प्रश्रितलाई शारदा भुषालले 'धरातल' पुस्तककै माध्यबाट यौंन हिंसाको आरोप लगाएकी थिइन्। उनलाई लागेको आरोपको छिनोफानो नभएकाले उनीसँगै बसेर आफूले पुरस्कार नलिने उनको भनाई छ।

'प्रश्रित मलाई पनि मनपर्ने साहित्यकार हुन्। तर उहाँलाई आरोपमात्रै होइन त्यसैबारे पुस्तक पनि छ। त्यसैले मैले उहाँसँग बसेर सम्मन लिन सक्ने कुरा भएन,' उनले भने। उनले प्रश्रितलाई सम्मान गर्न थालिएकोबारे जानकारी पाएपछि आफूले तत्कालै अस्वीकार गरेको जानकारी दिए। प्रश्रितलाई धरातल पुस्तकमार्फत भुषालले आफूलाई १३ वर्षको उमेरमा बारम्बार बलात्कार गरेको आरोप लगाएकी छिन्।

उप्रेतीले आफूले पुरस्कार नलिने नबताएको बताए। कसैले आफ्नो कृतिलाई मन पराएर दिन लागेको सम्मान नलिने भन्ने नभएको उनको भनाई छ। तर आफूसँगै यौन हिंसा लागेकालाई सम्मान गरिनु मान्य नभएको उप्रेतीले बताए। 'कसैले मन पराएर सम्मान दिन्छु भन्दा कसैले नाई भन्दैन होला। मैले पनि नाइ भनिनँ। मलाई थाह पनि थिएन प्रश्रितलाई पनि सम्मान गरिदैछ भन्ने। मैले प्रश्रितसँगै सम्मान नलिने भनेको हुँ,' उनले भने।

उप्रेतीले प्रतिष्ठानलाई आफ्नो धारणा पठाइसकेका छन्। अहिले प्रतिष्ठानको जवाफ कुरिरहेको उप्रेतीले बताए। प्रतिष्ठानको जवाफपछि मात्रै आफ्नो थप धारणा सार्वजनिक गर्ने उनको भनाई छ।

अप्लाइ नै नगरी पुरस्कार

उप्रेतीलाई आफूले कहिल्य पुरस्कारका लागि अप्लाइ नगरेको बताए। उनले पुरस्कार पाउन कहिल्यै अप्लाई गर्दिन भन्दै धारणा सार्वजनिक गरेको बताए। 'मैले बेलाबेला पुरस्कार पाउन अप्लाई गर्नु हुन्न भन्दै आफ्नो धारणा सार्वजनिक गरेको छु,' उनले भने। आफूले अप्लाइ नै नगरी प्रतिष्ठानले पुरस्कार दिने निर्णय गरेको उनले जानकारी दिए। 'प्रतिष्ठानमा अप्लाई गर्ने भन्ने सिस्टम रहेनछ। त्यसैले अप्लाई गरिन मैले,' उनले भने।

शनिवार राति आफूले अनौपचारिक रुपमा आफूले पुरस्कार पाउने जानकारी पाएको बताए। बिहानमात्रै आफूलाई औपचारिक जानकारी आएको र त्यसमा प्रश्रितको नाम देखेपछि आफूले आफ्नो धारणा तत्कालै पठाएको उनको भनाई छ। २०६३ सालदेखि प्रतिष्ठानले वर्षभरीका उत्कृष्ट पुस्तकका लेखकमध्ये एक जनालाई पद्मश्री साहित्यकार र २०६७ सालदेखि साहित्यकारमध्ये एक जनालाई पद्मश्री साधक सम्मान दिन थालेको हो। दुबैको पुरस्कार राशि ३ लाख रहेको छ।

शारदाको धारणा यस्तो

भुषालले धरातल पुस्तकमार्फत प्रश्रितलाई बलात्कारको आरोप लगाएकी थिइन्। लेखक भुषालले प्रश्रितलाई सम्मान गर्न लागिएको प्रति दु:ख लागेको बताइन्।

'आफू १३ वर्षको उमेरमा बलात्कार हुनुपरेको पीडा कस्ले बुझिदिने?' उनले प्रश्न गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी भुषालले प्रतिष्ठानले यौंन हिंसाको आरोपीतलाई पुरस्कार दिने निर्णय गरेर सामाजिक न्याय माथि प्रश्न उठाएको उल्लेख गरेकी छन्।

Jiba Lamichhane जीवा लामीछाने हाम्राे समाजकाे चिरपरिचित नाम हाे । म पनि उहाँलाइ राम्राे संग चिन्दछु । उहाँकाे र मेराे...

Posted by Sharada Bhusal Jha on Saturday, September 26, 2020

'छोरी हेला त छँदैथियो तर बाआमाको क्रुर व्यवहारको नतिजा १३ वर्षमा बलत्कृत हुनु परेको पीडा कसले बुझिदिने? बलत्कारीलाइ सम्मान गरेर सामाजिक न्याय र पढेलेखेका शिक्षित वर्गमाथि प्रश्न चिन्ह लागेको अनुभुति भइरहेको छ,' उनले लेखेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell