PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'परिवारका लागि खर्च चाहियो' भन्दै पर्यटन मजदुर उत्रिए आन्दोलनमा

'परिवारका लागि खर्च चाहियो' भन्दै पर्यटन मजदुर उत्रिए आन्दोलनमा


काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल पर्यटन विभागअगाडि पर्यटन मजदुरहरुले प्रदर्शन गरेका छन्।

पछिल्लो समय कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण पर्यटन व्यवसाय ठप्प रहेको छ।

यसै कारण मजदुरहरु मारमा परेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनमा उनीहरुले 'निड मनी फर माइ फेमेली', 'भोकले मर्नुभन्दा रोगले मर्दा सजिलै आत्माले शान्ति पाउँछ', 'डन्ट किल टुरिजम', 'ब्ल्याक डे फर टुरिजम वर्कर्स्', 'जसले पर्यटन मजदुरको भरोसा तोड्छ उसले टुरिजम छोड्छ'लगायतको नारा लेखिएको प्ले कार्ड प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell