PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौं उपत्यका, मोरङ, चितवन र सुर्खेत कोभिड-१९ संक्रमणको उच्च जोखिममा



काठमाडौं उपत्यका, मोरङ, चितवन र सुर्खेत कोभिड-१९ संक्रमणको उच्च जोखिममा

काठमाडौं: सरकारले काठमाडौं उपत्यका, मोरङ, चितवन र सुर्खेतमा कोभिड-१९ को उच्च संक्रमण रहेको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणको जोखिम उच्च भएकाले सचेत रहन आग्रह गरे।

उनले संक्रमणको उच्च जोखिम रहेका ठाउँमा दीर्घ रोगी, जेष्ठ नागरिक र रोग प्रतिरोधी क्षमता कम भएकालाई घर बाहिर ननिस्कन सचेत गराए।

'काठमाडौं, मोरङ, चितवन, सुर्खेतलगायतका ठाउँमा संक्रमण उच्च देखिएको छ, ' उनले भने, 'यस्तो अवस्थामा ६० वर्ष पुगेका डाइबेटिज क्यान्सरका बिरामी मिर्गौला रोगि घरबाट ननिस्कन। निस्कनै परे दुई मिटरको दुरी पालना गर्न आग्रह गर्दछौं।'

पछिल्लो समय घना बस्ती भएका शहरहरुमा संक्रमण उच्च रुपमा बढिरहेको छ। दैनिक थपिने संख्यामा आधाभन्दा धेरै काठमाडौं उपत्यकाका मात्रै रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell