PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

परीक्षामा सहभागी हुन अनिवार्य पीसीआर गर्नुपर्दैन : स्वास्थ्य मन्त्रालय



परीक्षामा सहभागी हुन अनिवार्य पीसीआर गर्नुपर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले निजी मेडिकल कलेजले पीसीआर गरेर मात्र विद्यार्थीलाई जाँचमा सहभागी गराउने निर्णय अवैज्ञानिक भएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षामा पीसीआर रिपोर्ट गर्नु अवैज्ञानिक रहेको बताएका हुन्। उनले निर्णय कार्यान्वयन नगर्नसमेत निर्देशन दिए।

'प्राइभेट मेडिकल कलेजले विद्यार्थीलाई पीसीआर गरेर मात्र जाँचमा सहभागी गर्ने निर्णय गरेकोमा यसलाई वैज्ञानिक आधार पुष्टि गर्दैन,' उनले भने।

लक्षण नभएको कुनै पनि विद्यार्थीलाई पीसीआर गर्नु नपर्ने मन्त्रालयले जनाएको छ। संक्रमणको लक्षण देखिएमा वा सरकारले बनाएको मापदण्डमा परेकाकाहरुको मात्रै पीसीआर गर्नुपर्ने गौतमको भनाई छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell