PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रदेश १ मा थप १८१ जनामा कोरोना संक्रमण, ३६ जना डिस्चार्ज



प्रदेश १ मा थप १८१ जनामा कोरोना संक्रमण, ३६ जना डिस्चार्ज
File Photo

विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ८१ कोरोना संक्रमित थपिएका छन्। ९ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा ६५ महिला र ११६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 

मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र प्रदेश १ बाहिरका २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र १ सय ३० जनामा संक्रमण देखिएको छ। संक्रमण देखिनेमा ५१ महिला र ७९ पुरुष रहेका छन्।

मोरङको कटहरीमा ८ महिला र ९ पुरुष,  बुढीगंगामा ३ महिला र ११ पुरुष, जहदा र धनपालथानमा २/२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १/१  पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी सुनसरीको दुहवीमा १ महिला ४ पुरुष, धरान र इटहरीमा १/१ पुरुष, झापाको विर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा १/१ पुरुष, भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, तेह्रथुमको लालीगुराँसमा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३६ पुगेको छ।

आइतबार ३६ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। इलाम अस्पताल आईसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट ३, मारवाडी सेवा सदन आईसोलेसनबाट २ जना डिस्चार्ज भएका छन्। यससँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय २५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell