PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिरहामा ४५ जनासहित प्रदेश २ मा थपिए ९० कोरोना संक्रमित



सुमित मिश्र

सिरहामा ४५ जनासहित प्रदेश २ मा थपिए ९० कोरोना संक्रमित

जनकपुरधाम : प्रदेश २ मा आइतवार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ५ महिला र ८५ पुरुष गरी कुल ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ३ सय ९३ पुगेको छ। हालसम्म प्रदेशका २ हजार १ सय ४ जना महिला र ११ हजार २ सय ८९ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।

आइतवार प्रदेशको सिरहा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। सिरहामा ३ जना महिला र ४५ जना पुरुष गरी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, धनुषामा १३ जना पुरुष, महोत्तरीमा २ जना पुरुष, बारामा ३ जना पुरुष, पर्सामा १४ जना पुरुष र १ जना महिला गरी १५ जना, सर्लाहीमा १ जना पुरुष, रौतहटमा १ जना पुरुष, सप्तरीमा ५ जना पुरुष र १ जना महिला गरी ६ जना र १ जना जिल्ला नखुलेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

साथै, आइतवार यस प्रदेशका जम्मा २२३ जना संक्रमणमुक्त भएर घर फर्केका छन्। आइतवार प्रदेशको १९९ जना पुरुष र २४ जना महिला निको भएर घर फर्केका हुन्।  योसँगै यस प्रदेशमा निको हुनेको संख्या ७ हजार ७ सय ४९ पुगेको छ। निको हुनेहरुमा ९ सय १ जना महिला र ६ हजार ८ सय ४८ जना पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell