PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विवादित क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच लडाइँ : हवाई आक्रमण, दुवै देशका सैनिक आमने-सामने



विवादित क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच लडाइँ : हवाई आक्रमण, दुवै देशका सैनिक आमने-सामने

अर्मेनिया र अजरबैजानबीच विवादित क्षेत्रलाई लिएर सैन्य लडाइँ भएको छ। नागोरना काराबख क्षेत्रलाई लिएर विवाद बढ्दै जाँदै दुवै देशले एकअर्काको क्षेत्रमा हवाई आक्रमण गरेको अलजजिराले जनाएका छन्।

अजरबैजानले पहिला विवादित क्षेत्रमा रहेको बस्तीमा हवाई आक्रमण गरेको आरोप अर्मेनियाले लगाएको छ। त्यसपछि प्रतिरक्षा कार्यमा अर्मेनियाले पनि अजरबैजानको हेलिकप्टर र सैन्य ट्याकहरु ध्वस्त बनाएको बताइएको छ।

विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमि भनेर चिनिन्छ। तर सो भूमि आदिवासी अर्मेनियनहरुको नियन्त्रणमा रहेको छ। सो क्षेत्रलाई लिएर करिब तीन दशकदेखि दुवै देशबीच विवाद हुँदै आएको थियो।

 

सोमबार भएको आक्रमणमा दुवै तर्फबाट धेरै मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ। आक्रमणमा सर्वसाधरण समेत परेको बताइएको छ।

आक्रमणपछि अर्मेनिया सरकारले सैन्य कानुन लागू गर्दै सैनिक परिचालन गर्ने निर्णय गरेको छ। अजरबैजानले अर्मेनियाको आक्रमणबाट आफ्ना सर्वसाधरण मारिएको बताएको छ। अजरबैजान सरकारले अर्मेनियाको आक्रमणको प्रतिरक्षा गर्न सेनालाई तयार रहन निर्देशन दिएको छ। अजरबैजानका राष्ट्रपति एलियेवले अहिले भइरहेको ‘काउन्टर अफन्सिभ अपरेसन’ ले ३० वर्षदेखि कब्जामा राखिएको आफ्नो भूमि फिर्ता हुने विश्वास रहेको बताएका छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell