PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देशको माया (कविता)



देशको माया (कविता)

  •  आर. मानन्धर-

जंगलका
ठूला साना
सबै जनावरलाई
माया हुन्छ- जंगलको,
आफ्नो बस्ने थलोको।

तर हरेकको चिन्ता भने
फरकफरक हुन्छ,
कसैलाई के खाउँ भन्ने ध्याउन्ना त
कसैलाई भने कसैले खाइदेला किे
भन्ने चिन्ता।

अनि ह्रिंसक जनावरहरू मिलेर कराउँछन्-
यी घाँस खाने जनावरहरूलाई
देशको माया नै छैन,
खाली आफ्नै चिन्तामा डुबिरहन्छन्
कति साह्रै साम्प्रदायिक!

(मूलतः नेपालभाषाका लेखक आर. मानन्धरको नेपालीमा दर्शन–साहित्यको पुस्तक“क्षितिजको स्पर्श” प्रकाशित छ ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell