PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

कोदो फूल्यो बारीमा : मुगुको भामवाडा गाउँमा पाक्यो कोदो, भित्र्याउने चटारोमा किसान 

कोदो फूल्यो बारीमा : मुगुको भामवाडा गाउँमा पाक्यो कोदो, भित्र्याउने चटारोमा किसान 


मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका किसानको बारीमा कोदो पाक्न थालेको छ। बहुगुणी पौष्टिक खाद्यान्नको रुपमा परिचित कोदो बाली भित्र्याउन यतिबेला यहाँका किसानलाई चटारो परेको देखिन्छ।

यतिबेला छायाँनाथका किसानहरु कोदो टिप्ने, कोदोको नल काट्ने, कोदोका कपनी सुकाएर कुट्ने र निफनेर भकारीसम्म पुर्‍याउने काममा व्यस्त छन्।

मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँमा पाकेको कोदो।
बारीमा पाकेको कोदो टिप्दै किसान।
कोदोको बाला घाममा सुकाउँदै।
कोदो थन्काउन चटारो।
आ–आफ्नो घरमा सुकाएको कोदो।
कोदोको नल सुकाइँदै
कोदो निफन्दै किसान


ट्रेन्डिङ पोस्ट

Ncell