PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

हेर्दाहैदैमा वामदेव गौतमविरुद्धको रिट, शुक्रवारलाई तोकियो अर्को पेशी



हेर्दाहैदैमा वामदेव गौतमविरुद्धको रिट, शुक्रवारलाई तोकियो अर्को पेशी
तस्विर : विष्णु रिजाल ट्वीटर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यामा मनोनित गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट अब शुक्रवारमात्रै सुनुवाई हुने भएको छ।

बुधवार सर्वोच्च अदालतमा बसेको संवैधानिक इजलासले रिट निवेदक र विपक्षीको बहस सुनेको थियो। तर, अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएपछि शुक्रबारसम्मका लागि रिटको सुनुवाई सारिएको हो।

असोज ७ गते रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले  गौतमलाई मुद्दामा अन्तरिम आदेश जारी हुने वा नहुने टुंगो नलागेसम्म कुनै पनि संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो। साथै गौतमको राष्ट्रियसभा सदस्यमा योग्यता पुगेको वा नपुगेको बारेमा संवैधानिक इजलासमा सुनुवाइ गर्न समेत आदेश दिइएको थियो।

गौतमको मनोनयनविरुद्ध अदालतमा दुई फरक फरक रिट परेका थिए। अधिवक्ता बद्रीराज भट्ट र दिनेश त्रिपाठीले सोमवार सर्वोच्व अदालतमा रिट दायर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell