PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

बैरागी मुख्य सचिव, युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिस



बैरागी मुख्य सचिव, युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिस

काठमाडौं : मुख्य सचिव लोकदर्शन रेग्मीले आफ्नो पदबाट राजीनामा दिएसँगै शंकरदास बैरागी मुख्य सचिव हुने भएका छन्।

आजको मन्त्रिपरिषद्ले नयाँ मुख्य सचिवमा बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

कात्तिक ३ गते उनको कार्यकाल सकिँदै थियो। उनको राजीनामासँगै सचिवहरु बैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी मुख्य सचिवको दौडमा रहेका थिए। वैरागी बिहानै बालुवाटार पुगेका थिए।

रेग्मीले कार्यकाल सकिनुअघि राजीनामा नदिएको अवस्थामा तीनै सचिवहरुले अवकाश पाउने थिए।

यसैगरी मन्त्रिपरिषद्ले मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ। यता पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउन सिफारिस गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell