
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगीलाई अख्तियारको टोलीले घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ।
सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिँदालिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले कार्यालय सहयोगी दिलिप पञ्जियारलाई रंगेहात पक्राउ गरेको हो।
अख्तियार बर्दिबास शाखाले दिएको जानकारी अनुसार कार्यालय सहयोगी पजियारले आफूलाई वडा सचिव भनि सिफारिस आफूले नै गर्ने भन्दै घुस मागेका थिए। उनलाई कार्यालय परिसरबाटै गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो।
पक्राउ परेका पञ्जियारमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।