PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

१२३ किलोको गजुर यसरी राखियो रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा, १६ फोटो

१२३ किलोको गजुर यसरी राखियो रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा, १६ फोटो


२०७२ सालको भूकम्पमा क्षति पुगेको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ। आज विशेष पूजा गरी मल्लकालिन शैलीमा निर्माण भएको मन्दिरमा बिहीवार गजुर हालिएको हो।

१२३ किलोको गजुरमा ३२.७३ तोला सुनको जलप लगाईएको छ।

‘गजुर राखिएसँगै रानीपोखरी पुनर्निमाण करिब करिब सकिएको छ। रंगरोगन र साजसज्जाको केही काम भने बाँकी नै छन्,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले भने।

२०७२ सालमा भूकम्प जाँदा उक्त मन्दिर गुम्बज शैलीको थियो। मल्लकालमा बनेको मन्दिर भने ग्रन्थकुट शैलीमा निर्माण भएको थियो। पछि राणाकालमा रानीपोखरीको मध्य भागमा रहेको मन्दिरको स्वरुप परिवर्तन गरी गुम्बज शैलीको बनाइएको थियो।

महानगरले काम गर्न नसकेपछि सरकारले रानीपोखरी पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो। त्यसपछि सरोकारवालाहरुको सहमतिमा रानीपोखरीमा पुरानै शैलीमा मल्लकालीन मन्दिर बनाउने सहमति भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell