
जनकपुरधाम : प्रदेश २ मा बिहीवार थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, कोरोना संक्रमणका कारण २ जनाको मृत्यु समेत भएको छ।
गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल रौतहटमा गरिएको परीक्षणमा २२ महिला र ६२ पुरुष गरी कुल ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
बिहीवार प्रदेशको पर्सा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १० महिला र १७ पुरुष गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, सिरहामा ४ महिला र २० पुरुष गरी २४ जना, सप्तरीमा ५ महिला र ८ पुरुष गरी १३ जना, धनुषामा १ महिला र ५ पुरुष गरी ६ जना, बारामा १ महिला र ५ पुरुष गरी ६ जना, रौतहटमा १ महिला र ४ पुरुष गरी ५ जना, महोत्तरीमा ३ जना पुरुष र सर्लाहीमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय २७ पुगेको छ। हालसम्म प्रदेशका २ हजार १ सय ४७ महिला र ११ हजार ४ सय ६४ पुरुषमा कोरोना संक्रमण देखिएको छ।
यस्तै, बिहीवार प्रदेशमा ३ जना महिला र २६ पुरुष गरी कुल २९ जना निको भएर घर फर्केका छन्। प्रदेशमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १० हजार ५ सय ७१ पुगेको छ। जसमध्ये ९ हजार १ सय ७४ पुरुष र १ हजार ३ सय ९७ महिला रहेका छन्।
थप दुई जनाको मृत्यु, मतकको संख्या १३५ पुग्यो
प्रदेश २ मा कोरोना संक्रमणबाट बिहीवार थप दुई जनाको मृत्यु भएको छ। वीरगंजस्थित नेशनल मेडिकल कलेजको बाबा होटलको आइसोलेसन कक्षमा उपचाररत रहेका ७४ वर्षीय पुरुषको कोरोनाको कारण ज्यान गएको छ। उनी रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४ का बासिन्दा हुन्। यस्तै, सिरहाको गोलबजार नगरपालिका वडा नम्बर २ मा घर भएका ७७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको निमित्त निर्देशक झाले जानकारी दिए।
योसँगै प्रदेशमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ। हालसम्म प्रदेशका ११३ जना पुरुष र २२ जना महिलाको कोरोना संक्रमणका कारण ज्यान गुमाएको निर्देशक झाले जानकारी दिए।
कोभिड १९ बाट हालसम्म सबैभन्दा बढी प्रदेशको पर्सा जिल्लामा ४३ जनाको मृत्यु भएको छ। यस्तै, बारामा १८ जना, धनुषामा १६ जना, महोत्तरीमा १५ जना, सिरहामा १३ जना सप्तरीमा १५ जना, रौतहट र सर्लाहीमा ७/७ जना र १ भारतीय नागरिकको कोरोना संक्रमणका कारण प्रदेश २ मा मृत्यु भएको छ।