PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

डा केसीलाई भेट्न अस्पताल पुगे पूर्व राष्ट्रपति यादव, सरकारलाई गम्भीर भएर सोच्न आग्रह



डा केसीलाई भेट्न अस्पताल पुगे पूर्व राष्ट्रपति यादव, सरकारलाई गम्भीर भएर सोच्न आग्रह

काठमाडौं : पूर्व राष्ट्रपति डा रामवरण यादवले अनशनरत डा गोविन्द केसीसँग भेट गरेका छन्। आज राजधानीको शिक्षण अस्पताल पुगेर यादवले केसीलाई भेटेका हुन्।

भेटपछि उनले देशको लागि यस्तो अभियन्ता चाहिने बताए। आम जनताको चाहनालाई केसीले माग गरेको यादवको भनाई थियो।

डाक्टरको केसीको स्वास्थ्य संवेदनशीलताको अत्यन्तै चिन्ता गर्दै सबैलाई सतर्क सावधान रहेर उपचार र हेरचाह गरी राष्ट्रको अमुल्य सम्पत्ति केसीलाई बचाउन आग्रहसमेत गरे। उनले केसीको हेरचाह गर्नेदेखि उपचार गर्ने सबैको प्रसंशा गर्दै सरकारलाई गम्भीर भएर सोच्न आग्रह गरे।

सरकारले सम्झौता गरी चाँडोभन्दा चाँडो अनशन तोडाउनुपर्ने यादवको आग्रह थियो। विभिन्न माग राख्दै १९ औं पटक अनशन थालेको केसीको आज १९ औं दिन पुरा भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell