PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कोरोना संक्रमणका कारण डोनाल्ड ट्रम्प राष्ट्रपति बनिरहन असक्षम भए के हुन्छ?



कोरोना संक्रमणका कारण डोनाल्ड ट्रम्प राष्ट्रपति बनिरहन असक्षम भए के हुन्छ?
फोटो : Getty Images

शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोना भाइरस संक्रमण पुष्टि भयो। हाल स्वास्थ्य सावधानी अपनाउन भन्दै ट्रम्पलाई ह्वाइट हाउसबाट अस्पताल पुर्‍याइएको छ। संक्रमण देखिएपछि उनी कम्तीमा १० देखि १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ।

अक्टोबर १५ मा दोस्रो राष्ट्रपति निर्वाचन बहसमा उनी सहभागी हुने तय भइसकेको थियो। उनी त्यसबेलासम्म संक्रमण मुक्त भएर प्रेसिडेन्सियल डिबेटमा फर्कन नि सक्छन्। तर त्यो बेलासम्म उनी संक्रमण मुक्त नभए के हुन्छ?  नोभेम्बरमा तय भएको राष्ट्रपति निर्वाचन के हुन्छ? अहिले चर्चाको विषय बनेको छ।

ट्रम्पमा संक्रमण देखिएसँगै उनको निर्वाचन कार्यक्रमहरु स्थगित गरिएका छन्। हुन त ट्रम्पले भिडियो कन्फ्रेन्सबाट समेत सम्बोधन गर्न सक्ने अनुमान गरिएको छ। यस्तै, दोस्रो प्रेसिडेन्सियल डिबेटमा पनि अन्यौलमा परेको छ। उनले भिडियो कन्फरेन्सबाट बहस गर्न सक्ने भनिरहँदा त्यो ट्रम्पमा संक्रमणको अवस्था हरेरे निर्धारण हुनेछ।

४ वर्षमा हुने राष्ट्रपतीय निर्वाचन यसपटक नोभेम्बर ३ मा हुने तय भइसकेको छ। ट्रम्पमा संक्रमण कायम नै रहे राष्ट्रपति निर्वाचन सर्न सक्ने अनुमान गरिएको छ।

निर्वाचनको नयाँ मिति तय गर्न अमेरिकाका दुवै सदनबाट बहुमतमा कानुन पारित हुनुपर्छ। तर, अमेरिकाको तल्लो सदनमा विपक्षी डेमोक्रेटिकहरु बहुमत रहेकोले नयाँ मिति पारित हुने अवस्था न्यून रहेको छ।

माथिल्लो सदनमा भने  ट्रम्पको रिपब्लिकनहरुको वर्चश्व छ।

यदि नयाँ मिति घोषणा भएपनि अमेरिकी संविधानअनुसार ट्रम्पको कार्यकाल सन् २०२१ जनवरी २० सम्म मात्रै रहनेछ।  उक्त मिति परिवर्तन गर्न संविधान नै संशोधन गर्नुपर्ने हुन्छ। संविधान संशोधनका लागि संसदको दुई तिहाइ चाहिन्छ। साथै अमेरिकी राज्यहरुको तीन चौथाई मतसमेत संविधान संशोधनका लागि चाहिन्छ। यसको सम्भावना पनि न्यून नै छ।

ह्वाइट हाउसका अनुसार ट्रम्पलाई हाल कोरोनाको मध्यम लक्षणहरु देखिएका छन्। तर संक्रमणका कारण राष्ट्रपतिको रुपमा काम नै आफ्नो कर्तव्य पूरा गर्न नसक्ने अवस्था आए अमेरिकी संविधानको २५ औं संशोधनले राष्ट्रपतिको अधिकार उपराष्ट्रपतिलाई हस्तानतरण गर्न सक्ने अधिकार दिएको छ। यदि ट्रम्पले यसो गरे उपराष्ट्रपति माइक पेन्स कार्यवाहक राष्ट्रपति बन्न छन्। संक्रमण मुक्त भएपछि ट्रम्प पुन: राष्ट्रपतिका रुपमा काममा फर्कन सक्नेछन्।

राष्ट्रपतिले काम गर्न सक्ने अवस्था नरहे मन्त्रिपरिषद् र उपराष्ट्रपतिले ट्रम्पले काम गर्न सक्ने घोषणा गर्नुपर्नेछ तर पेन्सले जिम्मेवारी सम्हाल्नेछन्।

यदि उपराष्ट्रपति पेन्सले पनि काम गर्न सक्ने अवस्था नरहे ‘प्रेसिडेन्सियल सक्सेसन एक्ट’ का अनुसार तेस्रो वरीयतामा तल्लो सदन हाउस अफ रिप्रिसेन्टेटिभ्सकी सभामुख डेमोक्रेट न्यान्सी पेलोसी हुनेछिन्। तर, यहाँसम्मको शक्ति हस्तान्तरण हुन धेरै कानुनी अड्चन आउन सक्ने विज्ञहरुले बताएका छन्।

यदि न्यान्सीले पनि काम गर्न नसके वरिष्ठ रिपब्लिकन सिनेटर ८७ वर्षीय चार्ल्स इ ग्रासलीले कार्यवाहक हुनेछन्। तर यसमा पनि कानुनी चुनौती आउने देखिन्छ।

यसअघि यस्तो भएको थियो?

सन् १९८५ मा राष्ट्रपति रोनाल्ड रेगन क्यान्सको उपचारको लागि अस्पताल भर्ना भएका थिए। उनले त्यसबेला उपराष्ट्रपति जर्ज एचडब्लु बुसलाई कार्यबाहकको जिम्मेवारी दिएका थिए।

यस्तै, सन् २००२ र २००७ मा जर्ज डब्लु बुसले पनि उपचारको क्रममा उपराष्ट्रपतिलाई कार्यवाहक जिम्मेवारी दिएका थिए।

तर, अहिलेको अवस्था पहिलाको जस्तै सहज भएको विज्ञहरुको राय छ।

ट्रम्पले राष्ट्रपति निर्वाचन लड्न सकेनन् भने के हुन्छ?

यदी ट्रम्पले राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भए पार्टीको विधानबमोजिम नयाँ व्यक्ति छान्ने काम हुनेछ। १६७ सदस्य भएको रिपब्लिक नेसनल कमिटीले नयाँ उम्मेदवार छान्न निर्वाचन गर्नेछ। जसमा कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्ने पेन्सले पनि उम्मेदवार बन्न पाउनेछन्।

यदि पेन्स राष्ट्रपतिको उम्मेदवार बने डेमोक्रेटले नयाँ प्रतिद्वन्द्वी चयन गर्नुपर्नेछ।

हालसम्म डेमोक्रेट र रिपब्लिकनहरुले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार चुनिएपछि परिवर्तन गरेका छैनन्।

‘अर्ली भोट’को के हुन्छ?

अमेरिकी राष्ट्रपति निर्वाचन नोभेम्बरमा हुने भनिए पनि केही राज्यहरुमा ‘अर्ली भोटिङ’ भइसकेको छ। सर्वसाधरणहरुले लाखौं पोस्टल भोट पठाइसकेका छन्। केहीले त आफै उपस्थित भएरसमेत राष्ट्रपति छानिसके।  यदि नयाँ राष्ट्रपति उम्मेदवार चयन भए यी ‘अर्ली भोट’ को के हुन्छ भन्ने बारेमा अन्यौल रहेको विज्ञहरु बताउँछन्।

युनिभर्सिटी अफ क्यालिफोर्नयाका प्रोफेसर रिक हसेका अनुसार ट्रम्पकै नाममा अर्ली भोटिङ निरन्तर संचालन हुन सक्छ। तर राज्य सरकारको कानुनले त्यसलाई मान्यता दिने विषयमा प्रश्न खडा हुने विज्ञहरु बताउँछन्।

मतपत्रमा नयाँ उम्मेदावरको नाम लेख्दा हुँदैन?

निर्वाचन विज्ञ रिचार्ड पिलडेस भन्छन्, ‘जे सुकै होस्। मतपत्रमा ट्रम्पकै काम रहन्छ।’

उनले रिपब्लिकन पार्टीले उम्मेदवारको नाम परिवर्तन गर्न अदालतको आदेश ल्याउने विक्लप रहेको बताए। तर त्यसो गर्न उनीहरुसँग धेरै समय हुने छैन।

बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell