PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कोभिड-१९ अपडेट : थप २१२० जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु



कोभिड-१९ अपडेट : थप २१२० जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २१२० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न अस्पतालका ल्याबहरुमा गरिएको १२ हजार ९०८ पीसीआर परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। योसँगै ८४ हजार ५७० कुल संक्रमित पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित रहेका छन्।

कोभिड संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ। योसँगै कोभिड संक्रमणका कारण ५२८ जनाको ज्यान गइसकेको छ।

शुक्रवार २७२२ जनामा कोभिड-१९ पुष्टि भएको थियो भने ११ को मृत्यु भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell