PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अर्मेनिया अजरबैजान विवाद: दुवै देशका सेनाबीच भिडन्त जारी



अर्मेनिया अजरबैजान विवाद: दुवै देशका सेनाबीच भिडन्त जारी
Photo : Defence Ministry of Armenia via Reuters

अर्मेनिया र अजरबैजानबीच विवादित क्षेत्रलाई लिएर लडाइँ जारी छ। नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर विवाद बढ्दै जाँदै गत सोमबार दुवै देशले एकअर्काको क्षेत्रमा हवाई आक्रमण गरेका थिए। आक्रमणका क्रममा दुवै तर्फगरी १०० भन्दा बढीको मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा सैनिक देखि सर्वसाधरणसम्म थिए।

अजरबैजान र अर्मेनियाबीच वार्ता गराउने पहल भइरहँदा दुवै देशका सेना आमनेसामने छन्।

अर्मेनियाको रक्षा मन्त्रालयका अनुसार विवादित क्षेत्रमा ठूलो संख्यामा सैनिक परिचालन गरिएको छ। मन्त्रालयले उक्त क्षेत्रमा हाल ठूलो भिडन्त भइरहेको जनाएको छ।

यस्तै, अजरबैजानको रक्षा मन्त्रालयले पनि विवादित क्षेत्रमा सेनाको संख्या बढाएको जनाएको छ।

विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमि भनेर चिनिन्छ। तर सो भूमि आदिवासी अर्मेनियनहरुको नियन्त्रणमा रहेको छ। सो क्षेत्रलाई लिएर करिब तीन दशकदेखि दुवै देशबीच विवाद हुँदै आएको थियो। दुवै देशले नागोरना काराबख क्षेत्र आफ्नो भूमि रहेको दाबी गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell